कांग्रेस महाधिवेशन : कहाँ–कहाँ गरिएको छ सवारीसाधन पार्किङकाे व्यवस्था ?
annapurnapost.com · Sat Oct 03 16:06:48 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुला मन्चमा सुरु हुँदैछ। आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ।
कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरवारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)