खेल संघ वर्गीकरण गर्नुपर्ने आवश्यक छ : मन्त्री श्रेष्ठ
ekantipur.com · Tue Mar 19 16:44:05 GMT 2024
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदमा खेलहरूलाई वर्गीकरण गरेर अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता दिलाउने र वर्षौंसम्म एउटै प्रतियोगिता नगर्ने खेल संघहरू एउटै बास्केटमा हुनु हुँदैन । त्यसकारण खेल संघको वर्गीकरण हुनुपर्छ । त्यहीअनुसार सेवासुविधा पाउनुपर्छ । सबैले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र आफ्नो खेल र समग्र खेलकुदको सम्भव हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)