सिलिचोङमा बाढी पहिरोको असर : विद्युत, सञ्चार र सडक सेवा ठप्प, ६ परिवार विस्थापित
canadanepal.com · Mon Jun 29 09:51:00 GMT 2026

काठमाडौँ - सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढी पहिरोले जनजीवन प्रभावित भएको छ। विपद्का कारण विद्युत, सञ्चार र यातायात सेवा अवरुद्ध हुनुका साथै दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन रोकिएको छ।
गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिलिचोङ-१ स्थित सिसुवाखोलामा आएको बाढी पहिरोले गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको छ। केन्द्रीय विद्युत् आपूर्ति, स्थानीय माइक्रो हाइड्रो आयोजना, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत असर परेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)