मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऐन संशोधनको तयारीमा गठबन्धन

annapurnapost.com · Mon Jan 24 06:32:00 GMT 2022

काठमाडौं : स्थानीय निर्वाचन पर धकेल्ने भए ऐन संशोधन गर्न कानुन व्यवसायीले सत्तारुढ गठबन्धनलाई सुझाव दिएका छन्। बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेता र कानुन व्यवसायीबीचको बैठकमा निर्वाचन सार्न कानुन संशोधन आवश्यक भएको निश्कर्ष निस्किएको थियो।

सत्तारुढ ५ दलीय गठबन्धनले २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने वातावरण खोजिरहेका छन्। आइतबार कानुनविद्ले पनि विकल्प दिएपछि ऐन संशोधनमा सरकार लाग्ने संकेत देखिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन ऐन २०७३ संविधानसँग बाझिएकाले कानुन् विद्हरूबाट संशोधन गर्ने सुझाव आएको बताए। अब सुझावअनुसार निर्णयमा पुग्ने उनले बताए। ‘लामो छलफलपछि सुझाव आएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन ऐन २०७३ दफा ३ र संविधानको धारा २२५ बाझिएको हुँदा ऐन संशोधन गर्ने निर्णय भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)