तमोर नदीमा बगेर एक किशोर बेपत्ता
ratopati.com · Sat Oct 03 17:00:07 GMT 2026

तेह्रथुम । यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।
पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोबास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि तमोर नदी गएका थिए । नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका उनका साथीले बताएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)