दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
nepalnews.com · Sat Oct 03 17:20:12 GMT 2026

काठमाडौँ। दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ।
चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ–आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, “विशेषगरी दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यो वर्ष दसैं तिहारलगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा पनि आठ लाख बढी बाहिरिने अनुमान गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)