कवाडी व्यवसायीको आन्दोलनमा प्रभु साहको समर्थन
rajdhanidaily.com · Thu Feb 29 23:40:19 GMT 2024
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आमनेसामने भएका छन् । काठमाडौंमा रहेका कवाडी व्यवसायीलाई मेयर बालेनले हटाउँन खोजेका छन् । तर आजपा अध्यक्ष प्रभुले ति व्यवसायीहरुले व्यवस्थित रुपमा काम गर्न पाउँनुपर्ने पक्षमा उभिएका छन् ।
मेयर बालेनले पछिल्लो समय काठमाडौंमा रहेका कबाडी व्यवसायीलाई जबरजस्ती हटाइरहेका छन् । कवाडी व्यवसायीहरुको गोदाम र पसल मेयर बालेनको डोजरले भत्काउँदै अगाडी बढी रहेका बेला आजपा अध्यक्ष प्रभुले कबाडी व्यवसायीको पक्षमा उभिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)