कोटेश्वरमा हायसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
nepallive.com · Mon Jun 27 17:06:00 GMT 2022
काठमाडौं –काठमाडौंको कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसको ठक्करबाट पैदलयात्री देवकुमार सेनको मृत्यु भएको हो। सेनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पैदलयात्रीलाई ठक्कर दिएपछि दायाँ च्याप्दा प्रदेश ३–००६ नम्बरको ट्रकसँग हायस ठोक्किएको प्रहरीले जनाएको छ। हायसको अगाडिको क्षतिग्रस्त भएको छ। दुर्घटनामा हायसका सहचालक विमल सुनार घाइते भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)