गगन थापा प्रधानमन्त्री बन्नुपर्ने हो, कांग्रेस विवादकै कारण पराजित हुनुभयो : निवर्तमान मुख्यमन्त्री शाह
nepalpress.com · Sat Oct 03 17:35:39 GMT 2026

धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसलाई एकढिक्का बनाउने पहिलो जिम्मेवारी सभापति गगनकुमार थापाको रहेको बताएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै शाहले कांग्रेसभित्रको विभाजन र विवादकै कारण थापा संसदमा पुग्नबाट वञ्चित भएको दाबी गरे। उनले आफूहरू थापाको विरोधी नभएको स्पष्ट पार्दै गगन थापा नै मुलुकको प्रधानमन्त्री भएको हेर्न चाहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)