मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

ratopati.com · Sat Oct 03 17:40:46 GMT 2026

कास्की । पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २० हजार ३३६ सहयोग गरेको छ । मानवीय भावना र सामाजिक उत्तरदायित्वबापत सो सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको क्लबको शनिबार पोखरामा सम्पन्न ४१औँ पदस्थापन समारोहमा जानकारी दिइएको हो ।

यसैगरी, क्लबको वार्षिक साधारणसभा तथा पदस्थापना समारोहबाट आगामी कार्यकालका लागि सुनील श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा नवराज गोठाजु, द्वितीय उपाध्यक्षमा प्रकाशमान श्रेष्ठ, निर्देशकमा ज्ञानेश्वरराज श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा मदन मुल्मी र सहसचिवमा जमुना अधिकारी चयन भए । यसैगरी सदस्यमा शशि मर्सानी र वीरेन्द्र बाटाजु रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)