चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही
gorkhapatraonline.com · Sat Oct 03 17:43:45 GMT 2026

स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरू गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म यस्ता ८ ८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।
यस अवधिमा ३६ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार मात्र स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)