मुम्बईको लगातार चौथो हार
ratopati.com
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले पराजित भएको हो । पुनेमा मुम्बईले जितका लागि दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले ४८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका प्रहार गरे । फाफ डू प्लेसीले १६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जयदेव गटाखण्ड र डेवाल ब्रेविसले एक–एक विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)