फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग
ratopati.com · Sat Oct 03 18:53:13 GMT 2026

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाखभन्दा बढी नगद सहयोग गरेको छ ।
जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्सङ्गद्वारा रु पाँच लाख २७ हजार ५०० सहयोग गरेका हुन् । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शनिबार फर्सेमा आएर जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)