मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करातेकी एरिकालाइ एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक

barnanmedia.com · Fri Sep 20 22:16:02 UTC 2024

करातेकी एरिका गुरुङले गत १९औं एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतिस्पर्धामा भएको हारको बदला लिँदै नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता रचेकी छन् ।

चीनको हाङझाउमा जारी २०औं एसियन सिनियर कराते च्याम्पियनसिपको महिला कुमुते ६८ केजीमाथि शुक्रबार फाइनलमा पुग्दै एरिकाले इतिहास रचेकी हुन् । अहिलेसम्म नेपालका कराते खेलाडीले सिनियर एसियन च्याम्पियनसिपमा पदक जितेको इतिहास छैन । तर, हाङझावको स्पोर्ट्स सेन्टर जिम्न्याजिममा जारी एसियन च्याम्पियनसिपमा एरिकाले पदक मात्र पक्का गरेकी छैनन्, फेरि ऐतिहासिक स्वर्णको प्रतिस्पर्धा तय गरेकी छन् । स्पोर्ट्स सेन्टर जिम्न्याजिममा सोही स्थानमा हो, जहाँ एरिकाले करिब एक वर्षअगाडि नै सम्पन्न १९औं एसियाली खेलकुदमा इतिहास रचेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)