आज चार घण्टा राजमार्ग बन्द गरि मर्स्याङ्दी नदीमा दुर्घटनामा परेको भारतीय बस निकाल्ने
barnanmedia.com · Sun Aug 25 21:53:05 UTC 2024

ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार दुर्घटनामा परेको भारतीय बस निकाल्न चार घण्टा राजमार्ग नै अवरुद्ध हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबार बिहान ६ :३० देखि चार घण्टा अवरुद्ध हुन लागेको हो ।
राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए।शनिवार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटर मात्रै तानियो। सडक बन्द नगरी काम गर्न सहज नभएपछि सोमबार सडक नै बन्द गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)