पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड
ratopati.com · Sat Oct 03 19:15:00 GMT 2026
कास्की । पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ ।
फेवातालसँग जोडिएको र धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको पुम्दीभुम्दी पछाडि परेको भन्दै दौडका माध्यमबाट यस ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । पुम्दीभुम्दी विशाल महादेवको मूर्ति, विश्व शान्ति स्तूपा तथा बुद्ध पार्कका कारणले पर्यटनका लागि प्रचुर सम्भावना रहे पनि ओझेलमा परेको भन्दै पोखरा प्रवर्द्धन केन्द्रले तीन वर्षदेखि दौड आयोजना गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)