मिनी ट्रकमा खाँदाखाँद गरेर विक्री वितरणका लागि लैजाँदै गरेको १९ वटा गाई गोरुसहित २ जना पक्राउ
barnanmedia.com · Fri Sep 20 22:27:30 UTC 2024

मिनी ट्रकमा खाँदाखाँद गरेर गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ ।
शुक्रबार नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ८ बाट ग. प्र. ०३–००१ ख २२७० मिनि ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा दाउन्ने प्रहरीले १९ वटा जर्सी प्रजातिका गाई र गोरुलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)