मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मरणोपरान्त  अंगदान : एकजनाले बचाउन सक्छन् आठजनाको ज्यान

baahrakhari.com · Thu Jan 05 00:52:00 GMT 2023

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०६९ माघदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु भयो । जहाँ १० वर्षको अवधिमा ९९२ जनाको मिर्गौला प्रत्यारोपण भएको केन्द्रको तथ्यांक छ । सातामा ६ जनासम्मको मिर्गौला प्रत्यारोपण गर्दा पनि अझै ७०० जना पर्खाइको सूचीमा छन् । प्रत्यरोपण गर्नुपर्ने मिर्गौलाका बिरामी वार्षिक तीन हजार भए पनि उनीहरुले मिर्गौला नपाउने समस्याले अकालमै ज्यान गुमाइरहनु परेको छ ।

नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित घरभित्रका सम्बन्धहरु तोकेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नयाँ ऐन २०७२ ले यी सम्बन्धसहित मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरुको पनि मिर्गौला प्रत्यारोपण गर्ने प्रक्रिया सहज बनाएको छ । ऐनअनुसार अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाती, नातिनी, सासू तथा ससुराले अंगदान गर्न पाइने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)