सुस्तामा फेरि तनाव, नेपालीले बनाएको माटोको तटबन्ध भारतीय पक्षले भत्काए
kendrabindu.com · Mon Aug 03 00:59:59 GMT 2026

काठमाडौं । पश्चिम नवलपरासीस्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच ‘तनाव’ बढेको छ । नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो । बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले आइतबार त्यो भत्काएको हो । स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
स्थानीयका अनुसार नारायणीको बाढी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोसाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन सुरु गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश पोखेका हुन् । भनाभन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाइबुझाइ गरेर विवाद मिलाउने प्रयास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)