किन असफल हुन्छन् ठूला आयोजना ?
ekantipur.com · Wed Oct 13 01:34:01 GMT 2021
मन्त्रिमण्डल विस्तारपछि अर्थमन्त्री जनार्दन शर्मा र नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आयोजनाहरू समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शर्माले सार्वजनिक निर्माण कार्य दिउँसो र राति गरी दुई सिफ्टमा गर्नुपर्ने प्रावधान ल्याउन लागेको जानकारी दिएका छन् । उता झाँक्रीले सहरी विकासको बजेट खर्च हुन नसकेर फ्रिज भएको सुन्न नपरोस् भनी कर्मचारीलाई सचेत गराएकी छन् । आफू बच्चा हुँदा शिलान्यास भएको देखेको पूर्वाधार विकास आयोजना बूढो हुँदा पनि सकिएको देख्न नपाउने अवस्था छ । यस्तो पृष्ठभूमिमा मन्त्रीहरूको निर्देशनबाट काम भइहाल्छ भनेर विश्वस्त हुन अलि गाह्रो छ ।
राष्ट्रिय गौरव भनिएका आयोजनाको उपलब्धि निराशाजनक छन् । बीपी राजमार्ग सुरु भएको २० वर्षपछि बल्ल पिच भयो । २५ वर्षमा बल्लतल्ल परीक्षणका रूपमा काठमाडौंमा पानी झार्दै गरेको मेलम्ची बाढीपहिरोको चपेटामा परेर फेरि अनिश्चित बन्न पुगेको छ । सन् १९९६ मा आशयपत्र मागिएको फास्ट ट्र्याकको निर्माण २५ वर्षपछि पनि अझै सकिएको छैन । दोष दिनकै लागि १० वर्षे लामो सशस्त्र द्वन्द्व, संक्रमणकाललगायतका राजनीतिक समस्या देखाउन त सकिएला, तर आयोजनाको असफलता धेरै पक्षसँग जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)