नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, नेताहरू मात्रै बाँकी छौँ : जनार्दन शर्मा
onlinekhabar.com · Mon Jun 29 10:05:55 GMT 2026

१५ असार, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन भइसकेको दाबी गरेका छन्। उनले अहिले कम्युनिष्ट आन्दोलन जीवित नरहेको बरु आन्दोलनमा लागेका नेता र समर्थकहरू मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमै पतन भएको बताए। आन्दोलनको मूल शक्ति विघटन भइसकेको भन्दै उनले यसलाई पुनर्जीवित गर्न नयाँ अभियान र व्यापक पुनर्गठन अपरिहार्य रहेको औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)