ठूलो शक्तिसँगै प्रधानमन्त्रीलाई प्राप्त झन् ठूलो जिम्मेवारी
ekantipur.com · Mon Jul 15 00:53:00 UTC 2024

संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता सहयात्रा सुरु भएको छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक होइन ।
२०४६ को जनआन्दोलनपछि पहिलो संविधान निर्माणका क्रममा, २०५६ को आम निर्वाचनको पृष्ठभूमिमा, २०६३ को जनआन्दोलनपछि सर्वदलीय सरकार बनाउँदा तथा २०७० को निर्वाचनपछि संविधान निर्माणको क्रममा दुई ठूला दल मिलेर सरकार चलाएका छन्, यस्ता सहयात्राले मुलुकलाई नयाँ दिशा प्रदान गरेका नजिर छन् । यसपालि राजनीतिक अस्थिरताको दिक्कलाग्दो चक्र समाप्त गर्ने भनेर उनीहरू मिलेका छन्, त्यसैले शंकाको सुविधा पाएका छन् जसको परीक्षा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)