राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा
ratopati.com · Sat Oct 03 20:11:38 GMT 2026

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।
फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनर्स्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)