उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने आयोगको भनाइले गठबन्धन दलभित्र अन्योल
Ujyaaloonline.com · Sat Mar 11 00:51:14 GMT 2023
काठमाण्डाै - निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने बताएपछि गठबन्धन दलहरु अन्योलमा परेका छन् ।
आयोगले खस–आर्य पुरुष बाहेकका समुदाय वा लिङ्गबाट उपराष्ट्रपतिमा मनोनयन गराउन सकिने निर्णय गरेकोमा यसलाई व्याख्या गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला, त्यो पनि खसआर्यभन्दा अरु हुनुपर्ने बताएपछि सत्तारुढ दलका नेताहरु अन्योलमा परेका हुन् । यसअघि सत्तारुढ दलभित्र उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)