मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रेरक प्रसंग : यो कस्तो गंगाजल ?

nayapatrikadaily.com · Sun Apr 07 00:11:00 UTC 2024

काशीका एका ब्राह्मण बडो कर्मकाण्डी थिए । कर्मकाण्डका विधिविधानमाथि उनको ठूलो विश्वास थियो । बिहानको समयमा पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । यो क्रम निरन्तर चलिरहेकै थियो । बिस्तारै उनी वृद्धावस्थामा प्रवेश गरे । उनी निकै रोगी भए । रोगले थलिएपछि उनी क्रमशः अन्त्यनिकट पुगे ।

आफ्नो जीवनको अन्त्य नजिक आइपुगेको अनुभव भएपछि उनले सोचे, ‘मर्नुअगाडि एक घुट्को गंगाजल त पिउनै पर्‍यो, यसले मैले जानी–नजानी गरेका सबै पाप पखालिनेछन् । साथै मोक्ष पनि प्राप्त हुनेछ र मेरो सीधै स्वर्गमा प्रवेश हुनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)