पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर
barnanmedia.com · Sat Oct 03 20:15:00 GMT 2026

पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ । पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्कअनुसार अगस्टको तुलनामा पनि सेप्टेम्बरमा निर्यात १६.१ प्रतिशतले बढेको हो । अगस्टमा पाकिस्तानको निर्यात दुई अर्ब ५३ करोड डलर थियो । यसैगरी, सेप्टेम्बरमा पाकिस्तानको आयात ११.१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ । गत वर्षको सोही महिनामा आयात पाँच अर्ब ८५ करोड डलर थियो । मासिक आधारमा पनि आयात अगस्टको पाँच अर्ब ८२ करोड डलरबाट ११.५ प्रतिशतले बढेको छ । निर्यातभन्दा आयात उच्च रहेपछि सेप्टेम्बरमा पाकिस्तानको व्यापार घाटा तीन अर्ब ५६ करोड डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तीन अर्ब ३५ करोड डलरको तुलनामा ६.२ प्रतिशत बढी हो ।
तीन महिनामा व्यापार घाटा १० अर्ब ७९ करोड डलर
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)