मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ

barnanmedia.com · Sun Aug 25 23:17:25 UTC 2024

धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उहाँले बताउनुभयो । गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)