मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कुपोषणको मारमा कलिला मुना

annapurnapost.com · Mon Jun 08 00:21:46 GMT 2026

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन र १९ प्रतिशतमा उमेरअनुसार तौलको समस्या देखाएको छ। परिवार कल्याण महाशाखाको यो तथ्यांकले कलिला मुनाको शारीरिक र मानसिक अवस्थाको डरलाग्दो चित्र उजागर गरेको छ।

राष्ट्रिय खोप लेखाजोखा अभियानका क्रममा देशभर ६ महिनादेखि ५ वर्षमुनिका हजारौं बालबालिकामा कडा र शीघ्र कुपोषण फेला पर्नुले भविष्यका कर्णधार कति जोखिममा छन भन्ने देखाएको छ। बालखैमा कुपोषणको सिकार बनेका यी बालबालिकाहरूलाई अन्य रोगले समेत गाँजिरहेको स्वास्थ्यकर्मीहरूको भनाइले मानवीय संकटको गहिराइ बुझाउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)