रुसलाई दण्ड नदिए अरू मुलुक पनि छिमेकीमाथि हिंसा गर्न उत्प्रेरित हुनेछन् : जेलेन्स्की
baahrakhari.com · Mon Apr 04 22:30:00 GMT 2022
किभ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई उसका गल्तीहरूका लागि सही सजाय नदिएमा विश्वका अन्य मुलुकहरू पनि आफ्ना साना छिमेकमाथि हमला गर्न तथा हिंसा मच्चाउन उत्प्रेरित हुने चेतावनी दिएका छन् ।
आइतबार मात्र युक्रेनको राजधानी किभ भन्दा उत्तरतर्फ रहेको बुचा सहरमा रुसी फौजले क्रुरतापूर्वक हत्या गरेका ४०० बढी सर्वसाधारणहरूको शव सडकभरि यत्रतत्र भएको तस्बिर बाहिरिएको थियो । यसले पूरै विश्वलाई स्तब्ध बनाइदिएको छ भने अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेकामा रुसमाथि कडा भन्दा कडा कारबाही गर्न सबैतिरबाट अपील गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)