खेतसँगै किसानका मनमा पनि धाँजा
annapurnapost.com · Mon Aug 03 02:49:16 GMT 2026

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका करमोहनाकी गीता पासी धाँजा फाटेको खेतमा उभिँदा मन पनि चिरिएको जमिनजस्तै भएको बताउँछिन्। पानीको अभावका बीच सुक्खा खेतमा डल्ला पल्टाउँदै उनले कुनै आशा नमारी धान रोपेकी थिइन्। तर, आज त्यही खेत चिराचिरा परेको छ। धानका बोटहरू सुक्दै गएका छन्। मनले पनि त्यत्तिकै गहिरो पीडाबोध गरेको छ।