एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण
barnanmedia.com · Sat Oct 03 21:15:00 GMT 2026
जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ ।
विश्व टी–२० च्याम्पियन भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)