तापक्रम बढ्दै, रोग उक्लिँदै
annapurnapost.com · Sun Oct 31 06:19:00 GMT 2021
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन १५ वर्षअघि बिरामी जाँच गर्दाका क्षणहरू सम्झँदा अचम्म मान्छन्। मध्य तराईबाट गाडी रिजर्भ गरेर कालाजारका बिरामी काठमाडौं आउँथे। ‘खर्च बढी हुने भएकोले एकैपटक गाउँभरिका बिरामी गाडीमा रिजर्भ गरेर आउँदा रहेछन्। बिहान बहिरंग विभाग (ओपीडी)मा पुग्दा कालाजारका बिरामीको लाइन हुन्थ्यो,’ उनले भने।
जलवायु परिवर्तनजन्य संक्रामक रोगले अब तराई विशेष रोगका रूपमा परिचय दिन छाडेको छ। तराईमा पाइने एडिज जातको लामखुट्टे पहाडमा पाइएको छ। यसको टोकाइबाट हुने डेंगुका बिरामीहरू पनि पहाडी क्षेत्रमा भेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)