भारतको तमिलनाडुमा विजयको र्यालीमा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु, करिब ५० जना घाइते
ekantipur.com · Sat Sep 27 17:12:10 GMT 2025

काठमाडौँ — दक्षिण भारतीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयले आयोजना गरेको सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको भारतीय अखबार द हिन्दुले उल्लेख गरेको छ । तीमध्ये ८ जना बालबालिका र १६ जना महिला रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
विजयको राजनीतिक पार्टी तमिलग वेत्त्रि कझगमको राज्यव्यापी यात्राको क्रममा आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो । हजारौंको संख्यामा भीड जम्मा भएको स्थानमा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)