मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोमा १६ को मृत्यु, २० बेपत्ता

ekantipur.com · Tue Oct 11 00:48:38 GMT 2022

मुगु, कालीकोट, हुम्ला — अविरल वर्षासँगै खसेको पहिरोमा परी मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ भने २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा पनि घर पुरिँदा ४ जनाले ज्यान गुमाएका छन् । कालीकोटमा बेपत्ता भएका २३ मध्ये ४ जनाको शव फेला परेको छ ।

पाँच दिनदेखिको भीषण वर्षाका कारण गाउँमाथिबाट ठूलो पहिरो आउँदा सालिम गाउँकी ६१ वर्षीया हाजिरा भग्री, ३० वर्षीया होइजाली भग्री, १६ वर्षीया सुस्मिता भग्री, ४२ वर्षीय वीरबहादुर ऐडी, २४ वर्षीय सत्ता सावत, ३२ वर्षीय कृष्ण सावत, १६ वर्षीय चक्रबीर बोहरा र १३ वर्षीया गौकला बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास हमालले बताए । आइतबार बेपत्ता ९ मध्ये सोमबार ८ को शव भेटिएको हो । करिब डेढ दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । विस्थापितलाई प्रभात माध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)