मृत्युअघि मान्छेको शरीरमा कस्तो परिवर्तन हुन्छ?
swasthyakhabar.com · Sat Nov 13 00:43:00 GMT 2021
मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ। मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ। जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन्। तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु। मृत्युको नजिक पुग्दा एउटा प्रक्रिया सुरु हुन्छ–भौतिक संसारको परिचित जीवनदेखि अज्ञात स्थलतर्फको अनिश्चित यात्रा। किनकी मृत्युपछि को कहाँ हुन्छ वा मानव अस्थित्व के हुन्छ भन्ने बारे अहिलेसम्म कसैले देखेको छैन। छन् भने केबल मिथ्या कल्पना र भ्रममात्र।
मृत्यु यात्राले हाम्रो भौतिक शरीरलाई अज्ञात स्थलमा पुर्याउँछ। मृत्युसम्म पुग्ने यात्रा आफैमा कोशेढुंगा हुन सक्छ। किनकी हरेक मानिसले मृत्युलाई अनौठो ढंगले अनुभव गर्छ। कोही व्यक्ति केही क्षणमा नै मृत्युको मुखमा पुग्छ भने कोही महिनौं वा बसौंसम्म थला परेर उनीहरुको भौतिक शरीर अन्त्य हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)