मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आइतबार एमालेको सचिवालय बैठक बस्दै, प्रश्नको घेरामा ओली

ekantipur.com · Sat Sep 27 18:18:00 GMT 2025

काठमाडौँ — एमालेको आइतबार बस्ने केन्द्रीय सचिवालय बैठकमा जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो । बैठक ओली निवास भक्तपुरको गुन्डुमा बस्नेछ ।

एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेता जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा देखिएका छन् । तर ओलीले भने जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मा लिन अस्वीकार गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)