मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

barnanmedia.com · Sat Oct 03 22:27:11 GMT 2026

बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त गरेको छ ।

शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीविरुद्ध पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको सभापोखरी फाइनलमा भने पुलिससँग पराजित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)