मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

barnanmedia.com · Sat Oct 03 22:40:03 GMT 2026

जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरी पठाइएपछि छवटा निर्माण कम्पनी कालोसूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)