दक्षिण अफ्रिकाद्वारा भारत ९ रनले पराजित
ratopati.com
भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २५० रनको लक्ष्य दिएको थियो । भारतको टोलीले इनिङ्सको अन्त्यसम्म ८ विकेट गुमाएर २ सय ४० रन मात्रै बनाउन सक्यो। भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८६ रन बनाए । योसँगै श्रेयस अय्यरले ५० रनको पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)