मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
ratopati.com · Sat Oct 03 22:59:30 GMT 2026

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो ।
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण गरिएको छ । टेम्केमैयुङ गाउँपालिकाको बजेटमा वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिए । उनका अनुसार समुदायको पहिचानसँग जोडिएको किराँत संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)