नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
ratopati.com · Sat Oct 03 22:56:19 GMT 2026

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ ।
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बिचको जङ्गल तथा चोरमारा र अरुणखोला बिचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)