राजस्थानले कोलकातालाई ६ विकेटले हरायो
baahrakhari.com · Sat Apr 24 18:03:00 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सले दोस्रो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइर्डसलाई ६ विकेटले हरायो ।
वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानका लागि कप्तन सन्जु श्यामसनले सर्वाधिक ४२ रन बनाए । डेभिड मिलरले २४ रनको योगदान गरे । यजस्वी जश्वाल र शिभम दुबेले समान २२/२२ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)