बालबालिका र युवालाई धिमे बाजाको प्रशिक्षण
ekantipur.com · Sat Aug 05 16:44:32 GMT 2023
नवलपुर — मौलिक संस्कृति र कला लोप हुँदै गएको भन्दै पूर्वी नवलपरासीमा नेवार समुदायका बालबालिका र युवालाई प्रशिक्षण दिन थालिएको छ ।
नेवारी कला, संस्कृति र सिप संरक्षणका लागि नयाँ पुस्तामा सिप हस्तान्तरण गर्न धिमे बाजा बजाउने प्रशिक्षण दिन थालिएको हो । विभिन्न पर्व, धार्मिक अनुष्ठानमा मौलिक बाजा अत्यावश्यक भए पनि नयाँ पुस्तामा ज्ञान नहुँदा परम्परा नै लोप हुन लागेकाले संरक्षणका लागि प्रशिक्षण दिन थालिएको सिका गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कृतिबारेमा जानकारी दिन यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘आफ्नै समुदायको मौलिक परम्परा बारेमा जिल्लाभरिका गुठीमा संचालन गरिने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)