कर्णाली बैंकले फिर्ता गर्यो ४७ करोड निक्षेप
gorkhapatraonline.com · Mon Jun 08 00:45:55 GMT 2026

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्ताको ४७ करोड १४ लाख रुपियाँ निक्षेप फिर्ता भुक्तानी गरेको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट गठित कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म ४७ करोड १४ लाख रुपियाँ फिर्ता गरिसकिएको जानकारी दिएको हो। विज्ञप्तिमा कर्जा असुलीका आधारमा निक्षेप भुक्तानी तथा संस्थाको सुदृढीकरण प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)