भारतको भू–राजनीतिक चुनौती
rajdhanidaily.com · Mon May 24 23:30:29 GMT 2021
भारतीय कूटनीतिक प्रारूपबारे विभिन्न शोध संस्थानहरूले व्यापक बहस चलाइरहेका हुन्छन् । यसै सन्दर्भमा भारतका पूर्व राजदूत शिवशंकर मेननले आफ्नो पुस्तक ‘इन्डिया एन्ड एसियनजीओ पोलिटिक्समा भारतीय कूटनीतिका चुनौतीकाबारेमा व्यापक विचार–विमर्शको थालनी गरेका छन् । त्यस पुस्तकमा मेननले भारतीय कूटनीतिलाई समयसापेक्ष र एसियामुखी हुन आग्रह गरेका छन् । संसारमा सबभन्दा अधिक युवाशक्ति भएको रूपमा मानिने देश भारत, जहाँको कूटनीतिलाई थप ऊर्जावान् बनाउन भारतले आफ्ना सामरिक सोचाइ परिवर्तन गर्नुपर्ने मेननले पुस्तकमार्फत तर्क गरेका छन् । अर्थात् ७५ करोड जनसंख्या २८ वर्षको हुनु, १ बिलियन जनसंख्या जनशक्तिका रूपमा परिचालित रहनु, १५ लाख जति विद्यालय हुनु, ३२ करोड विद्यार्थी हुनु जसमध्ये ५०.२ छात्रा हुनुजस्ता सूचांकले भारतको भविष्यलाई आलोकित गर्छ ।
आर्थिक क्षमतालाई आधार मान्ने हो भने पीपी ट्रमका अनुसार भारतीय अर्थव्यवस्थाको आधार विश्वकै तेस्रो नम्बरमा रेखांकित हुन्छ । अर्को शब्दमा भन्ने हो भने चीनका पीपी ट्रमका अनुसार २३ ट्रिलियन अमेरिकी डलर, अमेरिकाको १९ ट्रिलियन अमेरिकी डलर, भारतको १२ ट्रिलियन डलर र जापानको ५.४ ट्रिलियन अमेरिकी डलर रहेको छ । विकासकायी सकारात्मक सूचांकहरूले गर्दा आउने दिनमा भारतीय कुटनीतिको परिचालन आफ्नो अर्थव्यवस्था, भौगोलिक बनोट र प्रजातान्त्रिक मूल्य मान्यताअनुरूप नै हुने कुरा जानकारको सुझाव रहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)