मंगलबार तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा
ratopati.com
२८ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)