मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा कर्मचारीसँग झडपमा प्रहरीले गोली चलायो

deshsanchar.com · Fri Jul 15 15:12:33 GMT 2022

नेपालगञ्ज- दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको छ। दैलेख प्रहरी कार्यालयका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका छन् भने कार्यालयमा ढुङ्गामुढा गरेका छन्।

ठूलो संख्यामा आन्दोलनकारी जम्मा भएपछि प्रहरीले दुई राउन्ड गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)