हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
ratopati.com · Mon Jun 29 10:39:04 GMT 2026

हेटौँडा । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ सडक आगामी असार २५ गतेसम्मै बन्द हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित वडा नम्बर २ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ १५ गतेदेखि १ महिनाका लागि उक्त सडक पूर्णरुपमा बन्द गरिएको थियो। हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके तापनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय, हेटौंडाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)