ठमेलको ‘होटल ढाका एक्सप्रेस’ लिज विवाद अदालतमा: यथास्थिति कायम राख्न अन्तरिम आदेश
kalakarmi.com · Mon Jun 29 10:28:34 GMT 2026

काठमाडौं– काठमाडौंको ठमेलस्थित एक होटलको लिज सम्झौता, पुनर्निर्माणमा गरिएको करोडौँ लगानी तथा होटलको कब्जासम्बन्धी विवाद काठमाडौं जिल्ला अदालत पुगेको छ । दुवै पक्षको प्रारम्भिक वहसपछि अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म होटलको अवस्था यथावत् राख्न अन्तरिम आदेश जारी गरेको छ ।
अदालतमा दायर गरिएको उजुरीअनुसार काठमाडौं महानगरपालिका–२६, ठमेलमा रहेको सात तले होटल ढाका एक्सप्रेस बङ्गलादेशी नागरिक एहतेशामुल हक सामेलको स्वामित्वमा रहेको छ । उक्त होटल बङ्गलादेशी नागरिक रिपन मेहमुदले १६ मे २०२४ मा आवासीय होटल सञ्चालन गर्ने उद्देश्यले लिजमा लिएका थिए । लिज सम्झौताअनुसार रिपनले २५ लाख रुपैयाँ अग्रिम सुरक्षा धरौटी बुझाएका थिए भने मासिक ३ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने सहमति भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ