सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पूर्णरूपमा हटाइयो
rajdhanidaily.com · Mon Aug 03 06:22:51 GMT 2026

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज सोमबार बिहान १० बजेदेखि पूर्णरूपमा हटाएको छ । स्थिति सहज बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा पूर्णरुपमा हटाएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कफ्र्यु तथा निषेधाज्ञा जारी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)